सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति छ आजको मूल्य?

Sep 11, 2024 10:50 AM Merolagani



भदौ २६ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुन तोलामा १ हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन एक तोला छापावाल सुनको मूल्य १ लाख ५३ हजार ४०० रुपैयाँ रहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। यस अघि गत भदौ २१ गते, सुनको मूल्यले रेकर्ड बनाएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो। मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतिताेला १ लाख ५२ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे।

यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ। मंगलबार एक तोलाको १ हजार ८६५ रुपैयाँमा कारोबार चाँदी, यस दिन १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।