सुन र चाँदीको मूल्यमा भारी गिरावट

Jul 25, 2024 11:08 AM Merolagani



साउन १० गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा भारी गिरावट देखिएको छ। यस दिन सुन प्रतितोला २ हजार ४०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ५५ रुपैयाँ घटेको छ।

बुधबार तोलाको १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यस दिन १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७५० रुपैयाँ रहेको छ। अघिल्लो दिन अर्थात बुधबार, चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।




comments powered by Disqus

वाणिज्य बैंकको शेयर सस्तो कि महंगो ? सूचीसहित

Jul 30, 2024 06:09 AM 0

राजनीतिक समिकरणपछि लय समाएको शेयर बजार ३० प्रतिशतभन्दा बढीले बढ्दा धेरै समयदेखि पछि रहेको बैकिङ समूह ४७ दशमलब ५० प्रतिशतले बढेको छ ।