ढुंगानाको ‘वार्गेनिङ’ ले कांग्रेस-एमालेका नेताहरु हैरान, उनको सट्टा मिश्र गभर्नरमा सिफारिस हुन सक्ने, सोमबार नयाँ गभर्नर !

May 02, 2025 05:45 PM mero lagani



‘अति गर्नु अति सार नगर्नु’ भनेझैं कामु गभर्नर निलम ढुंगानाले निरन्तररुपमा गरिरहेको ‘वार्गेनिङ’ बाट सत्तारुढ कांग्रेस एमालेका नेताहरु आजित भएका छन् । 

त्यसको परिणाम गभर्नर नभई नछोड्ने दाउमा रहेकी उनी शिफारिसमै नपर्ने लगभग निश्चित भएको छ । उनको सट्टा अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र गभर्नरको सिफारिसमा पर्ने सम्भावना देखिएको छ ।

आफै गभर्नर बन्ने दाउमा रहेकी तिम्सिनाले आफ्ना बलिया प्रतिस्पर्धी मानिएका डा. गुणाकर भट्ट र डा. प्रकाश श्रेष्ठले कार्यकारी निर्देशकबाट दिएको राजीनामा स्वीकृत गरेकी छैनन् । कतिसम्म भने अर्थमन्त्री विष्णु पौडेलले उनीहरु दुईजनाको राजीनामा स्वीकृत गरेर गभर्नर नियुक्ति प्रकृयामा सहजीकरण गर्न गरेको अनुरोधलाई पनि अटेर गरेकी छन् ।

त्यसबाट अर्थमन्त्री पौडेल मात्र होइन, प्रधानमन्त्री केपी ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि उनीसंग चिढिएका छन् ।

जबकी यसअघि प्रधानमन्त्री ओलीले तिम्सिनालाई गभर्नर बनाउन चाहेका थिए । तर, गठवन्धनको मुख्य दल कांग्रेसको तर्फबाट भट्टको नाम अगाडि सारिएपछि दुई दलबीच त्यसमा सहमति भएको छ । त्यसरी आफू गभर्नर नहुने निश्चित भएपछि तिम्सिनाले भट्ट र श्रेष्ठले कार्यकारी निर्देशक पदबाट दिएको राजीनामा स्वीकृत गरेकी छैनन् । अर्थमन्त्री निकट स्रोतका अनुसार तिम्सिनाले भट्टलाई गभर्नर स्वीकारेर आफू डेपुटी गभर्नरमा नबस्ने भन्दै आफूले उपयुक्त ‘जिम्मेवारी’ पाउनु पर्ने दावी गरेकी छन् ।

‘उहाँको आसय राजदूत वा योजना आयोगको सदस्य जस्तै कुनै पद दिनु पर्छ भन्ने देखिन्छ । पहिले भएको भए त्यो सम्भव थियो । तर, अहिले उहाँ आफैले अर्थमन्त्री, प्रधानमन्त्रीदेखि कांग्रेससम्मलाई चिढाईसक्नु भएको छ । त्यसैले तत्काल कतै नियुक्ति होला भन्ने लाग्दैन’ अर्थमन्त्री पौडेल निकट स्रोतले मेरो लगानीसंग भन्यो ।

अर्थमन्त्रालयका अधिकारीहरु पति एमाले कार्यकर्ता र माइती कांग्रेस भएकोले केही समय अगाडिसम्म दुवै पार्टीको सहानुभूति केही हदसम्म उनी प्रति थियो । तर, उनले ‘अहिले नै हुनु पर्छ’ भन्ने जिद्धी गर्दा भविश्यमा पनि हुन सक्ने सम्भावनालाई कमजोर बनाइदिएको छ । ‘एक पटक नहुँदैमा अर्काे पटक हुँदैन भन्ने हुँदैन । डा. युवराज खतिवडा र महाप्रसाद अधिकारी स्वंय पनि अघिल्लो पटक हुन्छ-हुन्छ जस्तो भएर अर्काे पटक मात्रै गभर्नर भएका हुन् । राजनीतिक नेतृत्वलाई नचिढाइकन समन्वय गरेको भए अहिले नभए पनि अर्काे पटक उहाँको सम्भवना थियो । गभर्नर नभए अरु कुनै राजनीतिक नियुक्तिमा सम्भावना थियो । तर, उहाँले अहिले नै हुनुपर्छ भन्ने जिद्धी गर्दा प्रमुख दुई पार्टीका उच्च नेताहरुलसंग एकै पटक दुस्मनी लिनु भयो । त्यसले उहाँलाई नै गम्भिर घाटा पुर्याउने निश्चित छ,’ उक्त स्रोतले भन्यो ।

स्मरणरहोस् अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री विश्व पौडेलसहितको गभर्नर छनौट समितिले एकजना डेपुटी गभर्नरसहित ३ जनाको सिफारिस गर्नेछ । तीनै नामबाट एक जना गभर्नर हुनेछन् । कांग्रेस एमालेबीचको सहमति भइसकेको भनिएकोले अहिलेसम्मको अवस्थामा भट्ट नै गभर्नर हुने निश्चित छ । मन्त्री परिषद्को सोमबारको वैठकले गभर्नर नियुक्त गर्ने प्रवल सम्भावना रहेको स्रोतहरुको दावी छ ।




ढुंगानाको ‘वार्गेनिङ’ ले कांग्रेस-एमालेका नेताहरु हैरान, उनको सट्टा मिश्र गभर्नरमा सिफारिस हुन सक्ने, सोमबार नयाँ गभर्नर !

May 02, 2025 05:45 PM

‘अति गर्नु अति सार नगर्नु’ भनेझैं कामु गभर्नर निलम ढुंगानाले निरन्तररुपमा गरिरहेको ‘वार्गेनिङ’ बाट सत्तारुढ कांग्रेस एमालेका नेताहरु आजित भएका छन् ।