नाफासँगै घट्यो साल्ट ट्रेडिङ्गको ईपीएस

Aug 10, 2021 04:23 AM Merolagani

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड (STC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै घटेको छ।

गत असार मसान्तसम्ममा कम्पनीले ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२२ प्रतिशत कम हो।

कम्पनीको बिक्री आम्दानी सामान्य बढेपनि बिक्री लागत बढेका कारण खुद नाफा घट्न पुगेको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.८० प्रतिशत बढेको छ भने कुल नाफा १.८० प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष २.२७ प्रतिशत बढेको छ।

खुद नाफा घटेपछि कम्पनीको ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस १२ रुपैयाँ १४ पैसा घटेर २० रुपैयाँ ८० पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४५५ रुपेयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७३.५९ गुणा रहेको छ।

comments powered by Disqus

अमेरिकाको एच वन बी भिसा भाेलिबाट खुल्दै, कसले दिन सक्छन् आवेदन ?

Feb 28, 2023 06:19 PM

अमेरिका जान चाहनेका लागि एच वन बी भिसा  भाेलिबाट खुल्दैछ । एच वन बी (H-1B Visa ) भिसा लक्की ड्र अर्थात् इडिभी (EDV) जस्तै चिट्ठा छनोट हुन्छ ।