हिमालयन डिष्टिलरीको नाफा १ अर्बभन्दा बढी, ५० प्रतिशत बोनस वितरणपश्चात पनि ईपीएस बढ्यो

Aug 13, 2021 06:51 AM Merolagani

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानीसँगै खुद नाफा पनि बढेको छ।

गत असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२२.९० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ४६ करोड ६९ लाख रुपैयाँ थियो। बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३६.५० प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ७३.०१ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षमा ५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ६८.५९ प्रतिशत बढेको छ।

कम्पनीको नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ८० रुपैयाँ ७२ पैसा रहेको कम्पनीको यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा ११९ रुपैयाँ ९४ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ९५ रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.९६ गुणा रहेको छ।

comments powered by Disqus

अमेरिकाको एच वन बी भिसा भाेलिबाट खुल्दै, कसले दिन सक्छन् आवेदन ?

Feb 28, 2023 06:19 PM

अमेरिका जान चाहनेका लागि एच वन बी भिसा  भाेलिबाट खुल्दैछ । एच वन बी (H-1B Visa ) भिसा लक्की ड्र अर्थात् इडिभी (EDV) जस्तै चिट्ठा छनोट हुन्छ ।