तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Feb 23, 2023 08:37 AM Merolagani

फागुन ११ गते बिहीबार, ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ प्रभु इन्स्योरेन्सले भोली अर्थात फागुन १२ गते बुकक्लोज गर्दैछ भने सिभिल लघुवित्त र सबैको लघुवित्तले फागुन १४ गते अर्थात आइतबार बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रभु इन्स्योरेन्स (PRIN) ले फागुन २३ गते मंगलबार आफ्नो केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६.७० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य निर्जीवन बीमा कम्पनीसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) ले फागुन २९ गते बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडौँमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गरी ५१ः४९ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड (SABSL) ले फागुन २६ गते छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर ५, तनहुँमा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य उपयुक्त लघुवित्तसंग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

जीवन विकास लघुवित्तको लाभांश संशोधन, कति दिने भयो बोनस?

Mar 05, 2023 10:29 AM

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।