यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी लघुवित्तहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी लघुवित्तहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
मिथिला लघुवित्त (MLBBL) ले फागुन १७ गते, बुधबार चौधौं वार्षिक साधारण सभा डाकेको छ। सो सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल, लालगढ, धनुषामा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक तथा सर्वसाधारण शेयर स्वामित्व परिवर्तन गरी ५१ः४९ पुर्याउने, सञ्चालक समितिको २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
त्यसैगरी, महिला लघुवित्त (MLBSL) ले फागुन २१ गते, आइतबार पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल, काभ्रेमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।