यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा यी लघुवित्तहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) ले फागुन ३० गते होटल सेभेन स्टार प्रा.लि., सौराहा, चितवनमा बिहान ११ बजे एक्काइसौँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने, प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्राप्तिपश्चात डिप्रोक्स लघुवित्तको नामबाट एकिकृत कारोबार गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ।
यसका साथै सभाले १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ११.०५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले भने चैत ४ गते दुर्गा पार्टी प्यालेश, इटहरी, सुनसरीमा बिहान साढे ९ बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बानेस शेयर र सोको कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट दुई जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।