यस साता नेप्सेमा त्रैमास अन्त्यकाे प्रभाव देखिएकाे हाे। लगानीकर्ताहरूले ब्याज रकम जाेहाे गर्न शेयर बिक्री गर्दा यस साता सूचकमा दबाब परेकाे हाे।
यस साता सेन्सेटिभ इण्डेक्स ३.६७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक घटेको छ।
नेप्से घटेपनि यस साता दैनिक औषत कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा २ अर्ब ४३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता २ अर्ब ७९ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १४.६३ प्रतिशत बढी हो। त्यस्तै, गत साताको तुलनामा यस साताको दैनिक औषत शेयर संख्या ४.८७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १८.८५ प्रतिशत बढी हो।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५० अर्ब रुपैयाँ घटेर ३१ खर्ब ७७ अर्बमा झरेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638479103390331256.jpg)
१३ उपसमूहमध्ये यस साता दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६२ प्रतिशत बढेको छ। त्यस्तै, यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२९ प्रतिशत बढेको छ।
कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस साता सर्वाधिक ७.४८ प्रतिशत घटेको छ। अंकका आधारमा पनि सोही उपसमूहको परिसूचक सर्वाधिक ५४३.७७ अंक घटेको छ। गत साता ७२७०.८६ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ६७२७.०९ विन्दुमा बन्द भएको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638479103795695482.jpg)
यस साता तीन कम्पनीको कुल २ करोड ६३ लाख १६ हजार ७२२.४४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता लक्ष्मी सनराइज बैंक, साना किसान विकास लघुवित्त वित्तीय संस्था र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
![](https://images.merolagani.com/Uploads/Repository/638479103961957900.jpg)
यस साता गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ५०.०४ प्रतिशत बढेको छ। त्यस्तै, यस साता विन नेपाल लघुवित्तको शेयरमूल्य ३५.०४ प्रतिशत बढेको छ भने मानुषि लघुवित्तको शेयरमूल्य करित २३ प्रतिशत बढेको छ। यस साता सर्वोत्तम सिमेन्टको शेयरमूल्य सर्वाधिक २२.१३ प्रतिशत घटेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638479104336199172.jpg)
फ्लोरसिट विश्लेषण गर्दा यस साता गुराँस लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाइड्रोपावर, फस्ट माइक्रोफाइनान्स लगायतका स्टक मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने नेपाल बैंक, मञ्जुश्री फाइनान्स, माउन्टेन इनर्जी नेपाल लगायतका स्टक मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।
![](https://images.merolagani.com/Uploads/Repository/638479104476097911.jpg)
![](https://images.merolagani.com/Uploads/Repository/638479104684287772.jpg)