इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि कालिका लघुवित्तको नाफामा सुधार

Aug 09, 2024 06:16 AM Merolagani



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.०३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.५४ प्रतिशत र कुल सञ्चालन आम्दानी १.५५ प्रतिशत मात्र बढेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज २ करोड ७८ लाख रुपैयाँ रिभर्स भएको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा १७४ प्रतिशत र खुद नाफा १३४ प्रतिशत बढ्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ ८५ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ७५.८१ गुणा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २७ पैसा रहेको छ।

३७ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २७ करोड ६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ अर्ब ४९ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३ अर्ब ९० करोडको कर्जा लगानी गरेको छ।




comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM 0

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।