एनआईसी एशिया लघुवित्तको नाफा घट्यो, वितरणयोग्य मुनाफा कति?

Aug 09, 2024 09:58 AM Merolagani



एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेसँगै खराब कर्जा बढेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.९२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६५.१९ प्रतिशत घटेको छ। त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ११.४४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४९.७१ प्रतिशत घटेको छ। लघुवित्तको खराब कर्जा भने समीक्षा अवधिमा ६.२७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ।

असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ४३ करोड ६० लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ५७ पैसा घटेर ७ रुपैयाँ ३१ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९६.४७ गुणा रहेको छ।

१ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १६ अर्ब ६८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १५ अर्ब ९४ करोड कर्जा लगानी गरेको छ।




comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM 0

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।