नेपाल लाइफ इन्स्योरेन्स ३५ करोड नोक्सानीमा, खुद बीमाशुल्क भने करिब साढे ९ प्रतिशत बढ्यो

Aug 12, 2022 06:43 AM Merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा इन्स्योरेन्सले नोक्सानी व्यहोरेको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सले ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क भने ९.४४ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बीमा धितोबापत २४ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेर २ अर्ब ३८ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ।

असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ८२ पैसा रहेको छ।

comments powered by Disqus

अमेरिकाको एच वन बी भिसा भाेलिबाट खुल्दै, कसले दिन सक्छन् आवेदन ?

Feb 28, 2023 06:19 PM

अमेरिका जान चाहनेका लागि एच वन बी भिसा  भाेलिबाट खुल्दैछ । एच वन बी (H-1B Visa ) भिसा लक्की ड्र अर्थात् इडिभी (EDV) जस्तै चिट्ठा छनोट हुन्छ ।