प्रि ओपन सेसन अपडेटः करिब २२ अंक बढ्यो नेप्से

Aug 15, 2024 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २२ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३४.२९ अंक बढेर २९५७.७५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २१.८४ अंक बढेर २९७९.५९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.५४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १२१ स्टकको ४६८ पटकको कारोबारमा २ करोड ८६ लाख ७६ हजार २९४ रुपैयाँ ३० पैसा बराबरको ५४ हजार ५२१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८५ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी १६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

अझै घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

Aug 16, 2024 09:17 AM

वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।