सुन र चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Mar 05, 2025 10:56 AM Merolagani



फागुन २१ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुन मूल्य प्रतितोला ९०० रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारकाे बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको छ । मंगलबार चाँदी एक हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।




बालेनले पूर्व राजा ज्ञानेन्द्रलाई काटेको पूर्जी अनुसारको ७ लाख ९३ हजार रुपैयाँ शुक्रबार जम्मा गरिने !

May 08, 2025 04:50 PM

गत चैत्र १५ गते राजावादीहरुले काठमाडाैंको तिनकुनेमा गरेको प्रदर्शनमा गरिएको फोहोरको क्षतिपूर्ति वापतको रकम पूर्व राजा ज्ञानेन्द्र शाहको तर्फबाट तिरिने भएको छ ।