नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने स्थिर भएको छ । गत शुक्रबार कायम मूल्यलाई आधार मानेर नै चाँदीको खरिद बिक्री हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।
