निरन्तर दोस्रो दिन उच्च दरमा बढ्याे सुनकाे मूल्य

May 07, 2025 11:01 AM Merolagani



बैशाख २४ गते, बुधबार, नेपाली बजारमा दोस्रो दिन पनि सुनकाे मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुन प्रतितोला एक हजार ७०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने स्थिर भएको छ । आज चाँदीको खरिदबिक्री मंगलबारको बजारमा कायम मूल्यलाई आधार मानेर हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ ।




हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

May 06, 2025 11:05 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।