एक हप्तामा प्रतितोला ६ हजार २०० रुपैयाँ घट्यो सुनको मूल्य

May 03, 2025 06:30 AM Merolagani



नेपाली बजारमा यस साता सुनको मूल्य उच्च दरमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघले निर्धारण गरेको मूल्य अनुसार, यस साता सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँ घटेको छ।

साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबारसम्म आईपुग्दा प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले व्यापार वार्तामा प्रगति भइरहेको बताएसँगै व्यापार सुधारको संकेत देखिएकोले सुनको मूल्य घटेको विश्लेषकहरुको भनाइ छ।

यस साता चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो। यस साता चाँदीको मूल्य तोलामा ६० रुपैयाँ घटेको हो।




एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

May 11, 2025 10:21 AM

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।