सुनको मूल्यमा निरन्तर गिरावट, कतिमा हुँदैछ कारोबार ?

Apr 08, 2025 11:02 AM Merolagani



चैत २६ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । यस दिन सुन प्रतितोला ४०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा यस्ताे सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो । विगत चार कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तरको गिरावट भएको हो ।

यस दिन चाँदीको मूल्य स्थिर अवस्थामा छ । मंगलबार चाँदीको कारोबार सोमबारको बजारमा कायम मूल्यलाई आधार बनाएर हुनेछ । यस दिन चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ ।




comments powered by Disqus

सुन र चाँदीको मूल्यमा भारी गिरावट

Apr 06, 2025 11:27 AM

चैत २४ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला एक हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी ७० रुपैयाँले घटेको हो ।