हाइड्रोपावरले चालु आर्थिक वर्षको चैत्र महिनासम्ममा दुई करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे गत आर्थिक वर्षको यसै अवधिकाे तुलनामा १९.३१ प्रतिशत घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले दुई करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड ९४ लाख रुपैयाँ छ । कम्पनीकाे विद्युत बिक्री आम्दानी एक करोड ७ लाख रुपैयाँले घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १० करोड २ लाख रुपैयाँ थियो । त्यसैगरी कम्पनीको वित्तीय खर्च दुई करोड ५० लाख छ । गत वर्ष यस्ताे खर्च दुई करोड ३० लाख रुपैयाँ थियो ।
३ अर्ब ७० करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेकाे यस कम्पनीको रेटिन्ड अर्निङ १० करोड ५९ लाख रुपैयाँ छ भने अन्य इक्विटीमा दुई अर्ब ४ करोड २१ लाख रुपैयाँ छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी ८३ पैसामा सीमित छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २ पैसा छ ।