एशियन हाइड्रोपावरको नोक्सानी घट्यो

May 12, 2025 02:55 PM Merolagani



एशियन हाइड्रोपावर कम्पनी लिमिटेड (AHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनी नोक्सानी घटेको छ ।

चालु आर्थिक वर्षको चैत्र महिनासम्ममा हाइड्रोपावर ३ करोड ६ लाख रुपैयाँ नोक्सानीमा छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ४ करोड ८८ लाख नोक्सानीमा थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी बढ्दा र वित्तीय खर्चमा संकुचन आउदा नोक्सानी घटेकाे हो ।

समीक्षा अवधि कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षकाे यसै अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ९ करोड ४३ लाख रूपैयाँ आम्दानी गरेको थियो । त्यसैगरी, कम्पनीको वित्तीय खर्च घटेको छ । यो ९ महिनाको अवधिमा कम्पनीको वित्तीय खर्च ६ करोड ६४ लाख रुपैयाँ छ । गत वर्ष यस्ताे खर्च ८ करोड १७ लाख रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा कमी हुँदा कम्पनीको वित्तीय खर्च कम भएको हो ।

कम्पनीको जगेडा कोष ४ करोड ७२ लाख रुपैयाँ ऋणात्मक छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ०३ पैसा घाटामा छ भने प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा छ ।




एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

May 11, 2025 10:21 AM

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।