रिडी पावर ऋणात्मकबाट धनात्मक तर्फ उन्मुख हुँदै

May 12, 2025 02:15 PM Merolagani



रिडी पावर कम्पनी लिमिटेड (RIDI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनी ऋणात्मकबाट धनात्मक तर्फ उन्मुख भएको देखिन्छ ।

हाइड्रोपावरले चालु आर्थिक वर्षको चैत्र महिनासम्ममा ५५ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी १० करोड २१ लाख रुपैयाँ नोक्सानीमा थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै यस कम्पनी नाफा कमाउन सफल भएको हो । यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २५ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष कम्पनीले २० करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष २५ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको सार्वजनिक भएको वित्तीय विवरण अनुसार वार्षिक प्रतिशेयर आम्दानी ३२ पैसा मात्र छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ २७ पैसा छ ।

 

 




एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

May 11, 2025 10:21 AM

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।