सातामा सामान्य अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

May 31, 2025 06:12 AM Merolagani



यस साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। गत साता २६८८.५५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.१७ प्रतिशत अर्थात ४.५१ अंक बढेर २६९३.०६ विन्दुमा पुगेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ३.२७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक बढेको छ।

नेप्से बढेपनि यस साता कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ८ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ५८ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.३१ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या ७.३५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १३.१६ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ७३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १० अर्ब रुपैयाँ बढेर ४४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटा उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ। गत साता १३९५.२४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५ अंक बढेर १४२०.२४ विन्दुमा पुगेको छ। त्यस्तै, यस साता उत्पादन तथा प्रशोधन र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढको छ।

अंकका आधारमा यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता ७१६२.५५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १२३.६७ अंक बढेर ७२८६.२२ विन्दुमा पुगेको छ।

कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस साता सर्वाधिक २.७४ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १७८.३२ अंक घटेको छ।

यस साता नेप्सेमा १ करोड ८६ लाख २५ हजार कित्ता शेयर सूचीकृत भएको छ। यस साता सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनसशेयर र पियोर इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य सर्वाधिक ४६.३९ प्रतिशत बढेको छ। गत साता १ हजार २४ रुपैयाँ ३० पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता १ हजार ४९९ रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै, यस साता बुटवल पावर कम्पनीको शेयरमूल्य साढे २२ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य यस साता सर्वाधिक २० प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, सुपर मादी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्यूटिकल्स लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने शिवम् सिमेन्ट्स, शिखर इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




स्टक एक्सचेन्जको पुन संरचना गर्ने लगायत पूँजी बजार सम्बन्धमा बजेटले यसो भन्यो

May 29, 2025 05:16 PM

नेपाल सरकाले नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने भएको छ। आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले सो कुरा बताएका हुन्।