सो अवधिसम्ममा इन्स्योरेन्सले ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। त्यसैगरी, इन्स्योरेन्सले सो अवधिसम्ममा २४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ८९ लाख रुपैयाँ र खुद नाफा २ करोड ५३ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ७२ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्दा २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
सो अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबापत २८ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ भने लगानी कर्जा तथा अन्यबाट ११ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ।
१ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ९४ करोड ७ लाख रुपैयाँ तथा बीमा कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ६७ करोड ३१ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ५ करोड रुपैयाँ सञ्चित थियो।
पुस मसान्तसम्ममा १ लाख ४६ हजार ६३७ बीमालेख जारी गरी २ अर्ब ११ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको ३६ हजार १२१ बीमालेख नवीकरण गरिएको छ। त्यसैगरी, सो अवधिसम्ममा इन्स्योरेन्सले ९ हजार ५५१ दाबीबापत १ अर्ब ८५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १२ हजार ६०४ दाबी बापत १ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ।
दोस्रो त्रैमासको अन्त्यसम्ममा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ १३ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २६७.९७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५२.४७ गुणा रहेको छ।