चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २२ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
पुस मसान्तसम्ममा इन्स्योरेन्सले २ हजार ७३६ दाबीबापत ३५ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार ७४४ दाबीबापत १ अर्ब १६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ८ रुपैयाँ १४ पैसाबाट बढेर ९ रुपैयाँ २७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ८०.४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ४० पैसा रहेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/637793047569032254.png)