नेको इन्स्योरेन्सको आम्दानी बढेपछि खुद नाफा ६० प्रतिशतले बढ्यो

Feb 12, 2021 12:11 PM Merolagani

नेको इन्स्योरेन्स (NIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६०.१ प्रतिशत अर्थात ९ करोड ९३ लाख रुपैयाँ बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १६ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढेपछि खुद नाफा बढ्न पुगेको हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९४ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३ करोड ४४ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७० करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै कम्पनीले पुनर्बीमा कमिशनबाट ११ करोड ७९ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ५ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीले १ लाख ७४ हजार ७१० वटा बीमालेख जारी गरी १ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीका २६ हजार ६१८ वटा बीमालेखहरु नविकरण भएका छन्।

कम्पनीले ३ हजार ३२९ वटा दाबी बापत ४४ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार ९१९ वटा दाबी बापत ८८ करोड १२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६४ करोड ३२ लाख रुपैंया, बीमा कोषमा ९६ करोड ३६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड २५ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४० रुपैयाँ ८ पैसा, प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ र मुल्य आम्दानी अनुपात ३१.९४ गुणा रहेको छ।

comments powered by Disqus

अमेरिकाको एच वन बी भिसा भाेलिबाट खुल्दै, कसले दिन सक्छन् आवेदन ?

Feb 28, 2023 06:19 PM

अमेरिका जान चाहनेका लागि एच वन बी भिसा  भाेलिबाट खुल्दैछ । एच वन बी (H-1B Visa ) भिसा लक्की ड्र अर्थात् इडिभी (EDV) जस्तै चिट्ठा छनोट हुन्छ ।