चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९ प्रतिशत बढेर ३ अर्ब ८९ करोड ५१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा ५० प्रतिशत बढेर ८६ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १८.८६ प्रतिशत बढेर ७६ करोड ८२ लाख रुपैयाँ पुगेको छ।
खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १०० रुपैयाँ ७६ पैसा रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १०३ रुपैयाँ ३७ पैसा कायम भएको छ।