चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.१८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
आम्दानी बढेसँगै कम्पनीको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको आम्दानी ३०.२० प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा २०.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.७५ प्रतिशत बढेको छ।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३४ रुपैयाँ १६ पैसा घटेर ६९ रुपैयाँ २२ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको प्रतिशेयर आम्दानी घटेको हो।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५१.८८ गुणा रहेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/637875953768494385.jpg)