अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ६ करोड ३६ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।
इन्स्योरेन्सको खुद बीमाशुल्क पनि २६.३८ प्रतिशतले बढेर ३८ करोड २८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ३० करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै कम्पनीले पुनर्बीमा कमिशनबाट १९ करोड ३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ।
चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ९ करोड ८ लाख रुपैयाँ, बीमा कोषमा ११ करोड रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ९९ हजार रुपैयाँ संचित छ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५३ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात ८५.४० गुणा रहेको छ।
यस अवधिमा इन्स्योरेन्सले १ लाख २८ हजार १८४ वटा बीमालेख जारी गरी १ अर्ब ३० करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
इन्स्योरेन्सले कुल ४ हजार ४१८ वटा दाबी बापत ६१ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ९२५ वटा दाबी बापत ७५ करोड २१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
![](https://images.merolagani.com/Uploads/Repository/637644550326744226.png)