शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, ईपीएस भने घट्यो

Aug 15, 2021 05:53 AM Merolagani

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा बढेको छ भने ईपीएस घटेको छ।

गत असार मसान्तसम्ममा इन्स्योरेन्सले ४७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६८ प्रतिशत बढी हो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ९.४६ प्रतिशत बढेर १ अर्ब २९ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी ६६.३२ प्रतिशत बढेको छ भने जगेडा तथा कोष २०.३५ प्रतिशत घटेको छ। त्यसैगरी, इन्स्योरेन्सको बीमा कोष २२.५० प्रतिशत बढेको छ भने महाविपत्ती कोष स्थिर रहेको छ।

चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घट्न पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५३ पैसा घटेर २७ रुपैयाँ ५ पैसामा झरेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७२.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ १५ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले १९ हजार १८१ दाबीबापत १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने १२ हजार ९६५ दाबी बापत २ अर्ब १ करोड २ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

comments powered by Disqus

अमेरिकाको एच वन बी भिसा भाेलिबाट खुल्दै, कसले दिन सक्छन् आवेदन ?

Feb 28, 2023 06:19 PM

अमेरिका जान चाहनेका लागि एच वन बी भिसा  भाेलिबाट खुल्दैछ । एच वन बी (H-1B Visa ) भिसा लक्की ड्र अर्थात् इडिभी (EDV) जस्तै चिट्ठा छनोट हुन्छ ।