अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २६ करोड २२ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ६.७० प्रतिशतले बढेर ७१ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्ला आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६६ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीले यस अवधिमा पुनर्बीमा व्यवसायबाट कमिशन बापत १६ करोड २२ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट १२ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ।
चुक्ता पूँजी १ अर्ब २४ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड ६ लाख रुपैयाँ र बीमा कोषमा ५९ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ७ पैसा, प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ३६.४० गुणा रहेको छ।
कम्पनी १ लाख ४५ हजार २०८ वटा बीमालेख जारी गरी १ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यस अवधिमा कम्पनीको १० हजार ६२१ बीमालेखहरु नवीकरण भएका छन्।
कम्पनीले ५ हजार ६७५ वटा बीमालेख बापत ६० करोड ७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने ३ हजार ६६९ वटा दाबी बापत १ अर्ब ९ करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।
![](https://images.merolagani.com/Uploads/Repository/637647129323145812.png)