चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २० करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.२३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा २९ करोड १ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको बिक्री आम्दानी बढेपनि खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १४.४९ प्रतिशत बढेको छ। त्यसैगरी कम्पनीको कुल आम्दानी १३.५३ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा २२.९३ प्रतिशत बढेको छ।
खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको महिलो त्रैमासमा २६ रुपैयाँ ३८ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिमा ७ रुपैयाँ ४४ पैसा घटेर १७ रुपैयाँ ९३ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६९.९४ गुणा रहेको छ।
