हिमालयन डिष्टिलरीको नाफामा सुधार

Nov 14, 2021 08:29 AM Merolagani

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २१ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २६.९३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालनबाट कुल आम्दानी १७.९७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.९८ प्रतिशत बढेको छ।

खुद नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३२ रुपैयाँ २३ पैसा घटेर ९७ रुपैयाँ ४० पैसामा झरेको छ। कम्पनीले ५० प्रतिशत बोनस शेयर वितरण गरेका कारण यस्तो आम्दानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५० प्रतिशत बढेको छ भने जगेडा कोष ५६.२७ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २५५ रुपैयाँ ३७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७०.८३ गुणा रहेको छ।

comments powered by Disqus

अमेरिकाको एच वन बी भिसा भाेलिबाट खुल्दै, कसले दिन सक्छन् आवेदन ?

Feb 28, 2023 06:19 PM

अमेरिका जान चाहनेका लागि एच वन बी भिसा  भाेलिबाट खुल्दैछ । एच वन बी (H-1B Visa ) भिसा लक्की ड्र अर्थात् इडिभी (EDV) जस्तै चिट्ठा छनोट हुन्छ ।