कोरोना महामारीका बीच हिमालयन डिष्टिलरीको नाफा ९२ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति?

Nov 13, 2020 04:50 AM Merolagani

कोरोना महामारीका बीच हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड ९९ लाख रुपैयाँ अर्थात ९२.१६ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४० करोड ६१ लाख रुपैयाँबाट बढेर ६२ करोड ३३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, ककम्पनीको अन्य सञ्चालन आम्दानी ५१ लाख ८१ हजार रुपैयाँबाट बढेर १ करोड ९२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको खर्च केही बढेपनि सञ्चालन मुनाफा ११ करोड ६० लाख रुपैयाँ बढेर २६ करोड ४८ लाख रुपैयाँ पुगेको छ।

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १०१ रुपैयाँ १९ पैसा रहेको कम्पनीको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १२९ रुपैयाँ ६३ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने समीक्षा अवधिमा २८२ रुपैयाँ १७ पैसाबाट घटेर २४९ रुपैयाँ १४ पैसा कायम भएको छ। कम्पनीको मूल्य आम्दानी अनुपात १४.६० गुणाबाट १३.९५ गुणामा झरेको छ।

५७ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८६ करोड २७ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी ३८ करोड ५६ लाख रुपैयाँ हुँदा जगेडा कोषमा ७० करोड २५ लाख रुपैयाँ थियो।

comments powered by Disqus

अमेरिकाको एच वन बी भिसा भाेलिबाट खुल्दै, कसले दिन सक्छन् आवेदन ?

Feb 28, 2023 06:19 PM

अमेरिका जान चाहनेका लागि एच वन बी भिसा  भाेलिबाट खुल्दैछ । एच वन बी (H-1B Visa ) भिसा लक्की ड्र अर्थात् इडिभी (EDV) जस्तै चिट्ठा छनोट हुन्छ ।