चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशत बढी हो।
सञ्चालन आम्दानी घटेपनि अन्य आम्दानी बढेकाे र खर्च नियन्त्रण गरेका कारण कम्पनीको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३०.४६ प्रतिशत घटेको छ भने अन्य आम्दानी ३ हजार २४८.४३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ९३ लाख रुपैयाँ रहेको अन्य आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ३१ करोड ३४ लाख रुपैयाँ पुगेको छ। होङ्गसी सिमेन्टबाट आएको लाभांशका कारण कम्पनीको यस्तो आम्दानी बढ्न पुगेको हो। जसका कारण कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको हो। पहिलाे त्रैमासमा सञ्चालन आम्दानी घटेपनि अन्य आम्दानी मार्फत खुद नाफा बढेको देखिएपनि दोस्रो त्रैमासमा कम्पनीले नाफा बढाउनका लागि सञ्चालन आम्दानी नै बढाउनु पर्ने देखिन्छ। पहिलाे त्रैमासमा जस्तै सञ्चालन आम्दानी घटेमा कम्पनीकाे खुद नाफा दाेस्राे त्रैमासमा घट्ने देखिन्छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ५ पैसा बढेर २४ रुपैयाँ ९८ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.६८ गुणा रहेको छ।
