निफ्राको खुद नाफा १ अर्बभन्दा बढी, प्रतिशेयर आम्दानी कति?

Jul 22, 2022 06:09 AM Merolagani

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.५३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.२० प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३९८.१९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको खुद सञ्चालन आम्दानी ४१.७२ प्रतिशत र सञ्चालन मुनाफा २३.१४ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८० करोड ८५ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि थोरै बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५६ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ५०.५२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ४ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २७.६८ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप १५.०६ प्रतिशत र कर्जा ५८२.८९ प्रतिशत बढेको छ।

comments powered by Disqus

अमेरिकाको एच वन बी भिसा भाेलिबाट खुल्दै, कसले दिन सक्छन् आवेदन ?

Feb 28, 2023 06:19 PM

अमेरिका जान चाहनेका लागि एच वन बी भिसा  भाेलिबाट खुल्दैछ । एच वन बी (H-1B Visa ) भिसा लक्की ड्र अर्थात् इडिभी (EDV) जस्तै चिट्ठा छनोट हुन्छ ।