अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १८ करोड ९ लाख रुपैयाँ रहेको कम्पनीको सेवा शुल्क, गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३९.६५ प्रतिशत घटेर १० करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको ब्याज तथा अन्य आम्दानी १७.२० प्रतिशत बढेको भएपनि कुल आम्दानी भने २६.८६ प्रतिशत घटेको छ। समीक्षा अवधीमा कम्पनीको कुल खर्च ८.८६ प्रतिशत बढेको छ।
यससँगै कम्पनीको खुद नाफा समीक्षा अवधिमा २९.८७ प्रतिशत घटेर ११ करोड ३२ लाख रुपैयाँमा झरेको छ।
८३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ४२.५७ प्रतिशत बढेर ३७ करोड ९८ लाख रुपैयाँ पुगेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ७४ पैसा घटेर १३ रुपैयाँ ४९ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५४.१२ गुणा रहेको छ।