लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले फागुन ११ गते बिहीबार, बिहान १० बजे, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान काठमाडौंमा १८ औं वार्षिक साधारण सभा बोलाएको छ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ६.९९ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै, लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच भएको मर्जर सम्बन्धी भएको अन्तिम सम्झौतालाई अनुमोदन गर्ने तयारी पनि गरेको छ। मर्जर पश्चात बन्ने कम्पनीको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम गर्ने तथा नयाँ बन्ने कम्पनीको दर्ता नम्बर, प्रबन्धपत्र नियमावली मू.अ.क दर्ता प्रमाणपत्र, बीमकको इजाजतपत्र नम्बर समेत साविक सगरमाथा इन्स्योरेन्सको कायम रहेने प्रस्ताव पारित पारित गर्नेछ।
दुई कम्पनी एक आपसमा गाभिए पश्चात डिडिए मूल्यांकन प्रतिवेदनको आधारमा कायम हुन आएको सगरमाथाको १०० कित्ता बराबर लुम्बिनी जनरलको ८० कित्ता कायम हुने गरी स्वाप रेशियोलाई स्वीकृत समेत गर्नेछ।
त्यस्तै, सगरमाथा इन्स्योरेन्स (SIC) ले फागुन ११ गते बिहीबार, बिहान १० बजे, लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा २६ औं वार्षिक साधारण सभा बोलाएको छ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट १२.४० प्रतिशतले बोनस र कर प्रयोजनको लागि ०.६५२६ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच भएको मर्जर सम्बन्धी भएको अन्तिम सम्झौतालाई अनुमोदन गर्ने र मर्जर सम्बन्धी बाँकी कार्यहरु पुरा गरी लुम्बिनी जनरललाई सगरमाथा इन्स्योरेन्समा गाभ्न अन्तिम स्वीकृत प्रदान गर्नेछ।
मर्जर पश्चात बन्ने कम्पनीको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम गर्ने तथा नयाँ बन्ने कम्पनीको दर्ता नम्बर, प्रबन्धपत्र नियमावली मू.अ.क दर्ता प्रमाणपत्र, बीमकको इजाजतपत्र नम्बर समेत साविक सगरमाथा इन्स्योरेन्सको कायम रहेने प्रस्ताव पारित गर्नेछ।
दुई कम्पनी एक आपसमा गाभिए पश्चात डिडिए मूल्यांकन प्रतिवेदनको आधारमा कायम हुन आएको सगरमाथाको १०० कित्ता बराबर लुम्बिनी जनरलको ८० कित्ता कायम हुने गरी स्वाप रेशियोलाई स्वीकृत समेत गर्नेछ।
ज्योति विकास बैंक (JBBL) ले फागुन १४ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौँमा पन्ध्रौँ वार्षिक साधारण सभा डाकेको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ३.८० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले अन्य बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।