लघुवित्तले चैत १६ गते बिहीबार, होटल पौवा, सिद्धार्थनगर, रुपन्देहीमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। लघुवित्तले ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।