बैंकले चैत १७ गते शुक्रबार, लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ८.५३४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४४९ प्रतिशत नगद लाभांश गरी कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले फागुन २८ गतेदेखि चैत १७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।