लघुवित्तले चैत ११ गते शनिबार आफ्नो केन्द्रिय कार्यालय, ककनी, नुवाकोटमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १४.२८५७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१४३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य लघुवित्त संस्था मर्ज अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गरिएको जानकारी गराउने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।