लघुवित्तले अब कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमध्ये १४.२८ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। यस अघि लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको थियो।
नेपाल राष्ट्र बैंकको पत्रानुसार सो लाभांशं परिमार्जन गरिएको लघुवित्तले जनाएको छ।