लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। साविक वोमी लघुवित्त र साविक सूर्योदय लघुवित्त एक आपसमा मर्ज भई २०७८ चैत १९ गतेदेखि एकिकृत कारोबार शुरु गरिएको हुँदा लाभांशमा करमा छुट हुने व्यवस्थाका कारण बोनस शेयरको कर प्रयोजनार्थ रकम नछुट्याइएको लघुवित्तले जनाएको छ।
फागुन १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।