लघुवित्तले अब हाल कायम चुक्ता पूँजीको ३४.४५ प्रतिशतका दरले बाेनस शेयर वितरण गर्ने भएको छ। फागुन १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यस अघि माघ ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३८.५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरी नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाएको थियो।
नेपाल राष्ट्र बैंकको फागुन १७ गतेको पत्रानुसार बैंकले फागुन १० गते जारी गरिएको परिपत्र बमोजिम लाभांश प्रस्ताव परिवर्तन गरिएको लघुवित्तले जनाएको छ।