यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो। यस साता मंगलबार र बिहीबार नेप्से बढेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ६.३३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५१ अंक घटेको छ।
यस साता नेप्सेसँगै दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ५४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता २ अर्ब ४३ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३१.३३ प्रतिशत कम हो। यस साता दैनिक औषत शेयर संख्या ३७.७५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १८.०८ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ०.६३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साताको अन्तिम कारोबार दिन २० अर्ब घटेर ३२ खर्ब ४८ अर्बमा सीमित भएको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638473157732053864.jpg)
१३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ७.८४ प्रतिशत बढेको छ। अंकका आधारमा पनि यसै उपसमूहको परिसूचक सर्वाधिक ५२८.५९ अंक बढेको छ।
यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३ प्रतिशत घटेको छ। त्यस्तै, अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ। यस साता सो उपसमूहको परिसूचक २११.७२ अंक घटेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638473158098673594.jpg)
यस साता दुई कम्पनीको कुल ४७ लाख ९४ हजार ६६१.६० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता तारागाउँ रिजेन्सी होटलको बोनस शेयर र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
![](https://images.merolagani.com/Uploads/Repository/638473158251583793.jpg)
यस साता सर्वोत्तम सिमेन्टको शेयरमूल्य सर्वाधिक ४६.३३ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता पिपुल्स पावरको शेयरमूल्य २५.६० प्रतिशत बढेको छ भने रिभर फल्स पावरको शेयरमूल्य करिब साढे १९ प्रतिशत बढेको छ। कारोबारमा आएको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.३३ प्रतिशत घटेको छ भने उन्नती सहकार्य लघुवित्तका शेयरमूल्य करिब १३ प्रतिशत घटेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638473158395663494.jpg)
फ्लोरसिट विश्लेषण गर्दा यस साता ग्लोबल आइएमई बैंक, १० प्रतिशत प्राइम डिबेञ्चर, एचआईडिसिएल लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने राष्ट्रिय बीमा कम्पनी, माछापुच्छ्रे बैंक, मानुषि लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।
![](https://images.merolagani.com/Uploads/Repository/638473158784534269.jpg)
![](https://images.merolagani.com/Uploads/Repository/638473159018740794.jpg)