आम्दानीसँगै घट्यो निफ्राको नाफा, प्रतिशेयर आम्दानी कति?

Jul 22, 2024 06:26 AM Merolagani


नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडल अर्थात निफ्रा (NIFRA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ थियो।

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै बैंकको खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ५४.२६ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ६.८६ प्रतिशत र सञ्चालन मुनाफा ५.८७ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३९ पैसा घटेर ६ रुपैयाँ १६ पैसामा झरेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ३७.०१ गुणा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ २७ पैसा रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो १ वर्षमा बैंकको निक्षेप ६.९३ प्रतिशत घटेको छ भने कर्जा ४ प्रतिशतले बढेको छ।

comments powered by Disqus

डा. खतिवडालाई ब्रिफिङ गर्नु परेपछि मौद्रिक नीति आज नआउने

Jul 19, 2024 08:57 AM 0

चालु आर्थिक वर्षका लागि नेपालको केन्द्रिय बैंकले ल्याउने मौद्रिक नीति आज सार्वजनिक नहुने भएको छ। केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई मौद्रिक नीतिबारे ब्रिफिङ गर्नु परेका कारण आज मौद्रिक नीति सर्वाजनिक नहुने बताइएको छ।