नाफासँगै बढ्यो निफ्राको ईपीएस, वितरणयोग्य मुनाफा कति?

Jul 23, 2023 06:45 AM Merolagani


नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले अर्थात निफ्राले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.७१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएकोे थियो।

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३६.३७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन मुनाफा ४५.२१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.६८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २ पैसा बढेर ६ रुपैयाँ ७६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३३.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ।

गत असार मसान्तसम्ममा २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १०३.५७ प्रतिशत बढेको छ भने कर्जा २९.६१ प्रतिशत बढेको छ।





comments powered by Disqus

लगानीकर्ताकाे नजर ‘लो भ्यालु’ कम्पनीमा, नेप्से उच्च गतिले बढ्दा पनि अझै १० वटा कम्पनीको शेयर मूल्य २ सय मुनि

Jul 21, 2024 10:35 AM 0

एमाले कांग्रेस मिलेर एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने सहमति गरेसँगै नेप्से परिसूचक एकोहोरो गतिमा बढिरहेको छ । प्रचण्ड सरकार ढलेर ओली सरकार बन्ने र त्यसको अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चासँगै बढ्न थालेको शेयर बजारमा कारोबार रकम समेत १५ अर्ब रुपैयाँको हाराहारीमा पुगिसकेको छ ।