खर्च घटेपछि सिईडिबि हाइड्रोपावरको नाफा सामान्य बढ्यो

Aug 16, 2023 04:55 AM Merolagani


सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड (CHDC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.०६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको सेवा, ब्याज तथा कमिशन आम्दानी घटेपनि खर्च घटेका कारण खुद नाफा सामान्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज तथा कमिशन आम्दानी ५.७३ प्रतिशत घटेर १६ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि कम्पनीको ब्याज खर्च ९५.३४ प्रतिशत घटेसँगै कुल खर्च १४.८४ प्रतिशत घटेपछि खुद नाफा सामान्य बढ्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५५ पैसा बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६४.४ गुणा रहेको छ।

८३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५० करोड ६३ लाख रुपैयाँ सञ्चित छ।





comments powered by Disqus

लगानीकर्ताकाे नजर ‘लो भ्यालु’ कम्पनीमा, नेप्से उच्च गतिले बढ्दा पनि अझै १० वटा कम्पनीको शेयर मूल्य २ सय मुनि

Jul 21, 2024 10:35 AM 0

एमाले कांग्रेस मिलेर एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने सहमति गरेसँगै नेप्से परिसूचक एकोहोरो गतिमा बढिरहेको छ । प्रचण्ड सरकार ढलेर ओली सरकार बन्ने र त्यसको अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चासँगै बढ्न थालेको शेयर बजारमा कारोबार रकम समेत १५ अर्ब रुपैयाँको हाराहारीमा पुगिसकेको छ ।