नाफासँगै घट्यो एनआरएन इन्फ्रास्ट्रक्चरको प्रतिशेयर आम्दानी

Aug 16, 2023 05:16 AM Merolagani


एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.६१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको लगानी आम्दानी बढेपनि वित्तीय आम्दानी घटेपछि खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको लगानी आम्दानी ४४६.३८ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी २६.१३ प्रतिशत घटेको छ। यससँगै कम्पनीको कुल आम्दानी १४.१५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १८.८३ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ४३ पैसा घटेर ९६ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५३२.८५ गुणा रहेको छ।

१ अर्ब २२ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चित छ।





comments powered by Disqus

लगानीकर्ताकाे नजर ‘लो भ्यालु’ कम्पनीमा, नेप्से उच्च गतिले बढ्दा पनि अझै १० वटा कम्पनीको शेयर मूल्य २ सय मुनि

Jul 21, 2024 10:35 AM 0

एमाले कांग्रेस मिलेर एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने सहमति गरेसँगै नेप्से परिसूचक एकोहोरो गतिमा बढिरहेको छ । प्रचण्ड सरकार ढलेर ओली सरकार बन्ने र त्यसको अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चासँगै बढ्न थालेको शेयर बजारमा कारोबार रकम समेत १५ अर्ब रुपैयाँको हाराहारीमा पुगिसकेको छ ।