नाफा बढेपनि घट्यो नागरिक लगानी कोषको प्रतिशेयर आम्दानी

Aug 12, 2023 06:57 AM Merolagani


नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कोषको खुद नाफा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले ९० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.७४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ६६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै कोषको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १२.५१ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १०.४९ प्रतिशत बढेको छ। त्यसैगरी, कोषको कुल आम्दानी ११.३० प्रतिशत बढेको छ भने कुल खर्च ०.१९ प्रतिशत घटेको छ।

नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी ३ रुपैयाँ २२ पैसा घटेर १७ रुपैयाँ ८ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कोषको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। असार मसान्तसम्ममा कोषको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२२.३ गुणा रहेको छ।





comments powered by Disqus

लगानीकर्ताकाे नजर ‘लो भ्यालु’ कम्पनीमा, नेप्से उच्च गतिले बढ्दा पनि अझै १० वटा कम्पनीको शेयर मूल्य २ सय मुनि

Jul 21, 2024 10:35 AM 0

एमाले कांग्रेस मिलेर एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने सहमति गरेसँगै नेप्से परिसूचक एकोहोरो गतिमा बढिरहेको छ । प्रचण्ड सरकार ढलेर ओली सरकार बन्ने र त्यसको अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चासँगै बढ्न थालेको शेयर बजारमा कारोबार रकम समेत १५ अर्ब रुपैयाँको हाराहारीमा पुगिसकेको छ ।