नेप्से र कारोबार रकम दुबै बढ्यो

Apr 24, 2025 03:23 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक २.०८ अंक बढेर २६५८.०२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ७० हजार ७०३ पटकको कारोबारमा ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँबराबरको १ करोड ९७ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पनि दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य ८६ रुपैयाँ १० पैसा बढेर ९४७ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७१ रुपैयाँ २० पैसा बढेर ७८३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन ङादी ग्रुप पावर, विन नेपाल लघुवित्त र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य सर्वाधिक ७.१२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७० करोड ३४ लाख ९५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ५७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ५२ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.२९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ, जलविद्युत, म्युचुअल फण्ड र व्यापार उपसमूहकाे परिसूचक सामान्य बढेकाे छ। यस दिन हाेटल तथा पर्यटन उपसमूहकाे परिसूचक सर्वाधिक १.१६ प्रतिशत घटेकाे छ।




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।